विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ । एमाले कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत र अर्का प्रत्यासी विनोद ढकालले १२१ मत ल्याएका छन् । निर्वाचन अधिकृत चुडामणि आचार्यले मतगणना गरेर आजै राति सकिने बताए । आइतबार भएको मतदानमा ९७७ मत खसेको थियो । २० जनाले मतदान गरेनन् ।