शुक्रवार, भाद्र २६ गते २०८३

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यक्रममा आएका चित्रकारलाई दिक्तेलमा भव्य स्वागत (फोटो फिचर)

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यक्रममा आएका चित्रकारलाई दिक्तेलमा भव्य स्वागत (फोटो फिचर)

रोदिक खबर

१७, आश्विन २०८०
  • 23.4K
    SHARES
  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यक्रममा आएका चित्रकारलाई दिक्तेलमा भव्य स्वागत (फोटो फिचर)

    खोटाङ । खोटाङको दिक्तेलमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीमा आएका स्वदेश तथा विदेशका चित्रकारलाई भव्यरुपमा स्वागत गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा नेपाल सहित १४ देशका कलाकार दिक्तेल आइपुगेका छन् ।

    5.jpg

    बुधबार स्वदेशी तथा विदेशी कलाकारको भव्य स्वागत गरिएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।

    3.jpgखोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमु तीर्थराज भट्टराईले बताए ।

    लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी अन्तरगत स्वदेशका १७ जना र विदेशका २० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।

    4.jpg6.jpg10.jpg7.jpg

    प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - २१:१९:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको