आइतवार, कार्तिक १६ गते २०८३

सोलुखुम्बुका लागि उडेका सात वटा हेलीकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण

सोलुखुम्बुका लागि उडेका सात वटा हेलीकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण

रोदिक खबर

१९, आश्विन २०८०
  • 14.8K
    SHARES
  • सोलुखुम्बुका लागि उडेका सात वटा हेलीकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण

     खोटाङ । काठमाडौंबाट सोलुखुम्बुका लागि उडेको सात वटा हेलीकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गरेका छन्। सोलुखुम्बुको लुक्लाका लागि उडेको हेलीकोप्टर खराब मौसमका कारण शुक्रबार लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

    खराब मौसमका कारण बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सात वटा हेलीकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले बताए।

    मौसममा सुधार आएपछि हेलीकोप्टर गन्तव्यतर्फ उडेका छन्। टुरिष्ट बोकेको हेलीकोप्टर लुक्लामा ल्याण्ड हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा बिश्राम लिएको लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए। २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडामा लुक्लामा आवतजावत गर्ने हेलीकोप्टरले आकस्मिक अवतरण गर्दैआएको छ।

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १६:३७:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको