शुक्रवार, भाद्र २६ गते २०८३

स्वदेसी तथा विदेशी चित्रकारले यसरी उतादैछन् क्यानभासमा लाईभ चित्र (फोटो फिचर)

स्वदेसी तथा विदेशी चित्रकारले यसरी उतादैछन् क्यानभासमा लाईभ चित्र (फोटो फिचर)

रोदिक खबर

१९, आश्विन २०८०
  • 12.1K
    SHARES
  • स्वदेसी तथा विदेशी चित्रकारले यसरी उतादैछन् क्यानभासमा लाईभ चित्र (फोटो फिचर)

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीमा सहभागी हुन आएका स्वदेसी तथा बिदेसी चित्रकारहरुले शुक्रबार दिक्तेलका विभिन्न ठाउँमा क्यानभासमा लाइभ चित्र बनाइरहेका छन्  ।

    a2.jpeg

    असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा स्वदेशका १७ जना र विदेशका २० जना चित्रकारहरुले सोल्माको शुभद्रा मदन फाण्डेसन, रत्नपार्क, हेलीप्याड, हाटडाँडा, कालिका भगवती मन्दिर, मझुवागढी क्षेत्रमा क्यानभासमा लाइभ चित्र बनाइरहेका छन् ।

    a1.jpeg12.jpg

    जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    1.jpeg

    चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ ।

    10.jpeg8.jpeg9.jpeg3.jpg7.jpg11.jpeg7.jpg6.jpg4.jpg

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १६:५०:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको