शुक्रवार, भाद्र २६ गते २०८३

इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

रोदिक खबर

२१, आश्विन २०८०
  • 6.8K
    SHARES
  • इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

    काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले भत्सर्ना गरेको छ । विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

    साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ, विज्ञप्तिमा भनिएको छ । आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा जनाएको छ ।

    NRNA.jpg

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ०८:१५:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको