शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

समाजवादी मोर्चाले असोज २६ गते दिक्तेलमा सन्देशसभा गर्ने

समाजवादी मोर्चाले असोज २६ गते दिक्तेलमा सन्देशसभा गर्ने

रोदिक खबर

२२, आश्विन २०८०
  • 10.8K
    SHARES
  • समाजवादी मोर्चाले असोज २६ गते दिक्तेलमा सन्देशसभा गर्ने

    खोटाङ । चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज–२६ गते दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ । मोर्चामा आवद्ध जिल्लास्थित चार राजनीतिक दलल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय दिक्तेलमा सोमबार पत्रकार सम्मेलन गरेर दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने जानकारी दिएको हो ।

    जिल्ला समन्वय समितिको समिक्षालय हलमा सञ्चालन हुने कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री राजन राई, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लप समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी ‘सैलेश सी’ लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

    सन्देशसभामार्फत घोषणा हुने समाजवादी मोर्चाको जिल्ला कार्य समितिको नेतृत्व जनता समाजवादी पार्टीले गर्ने गरी चारवटै राजनीतिक दलका दुई/दुईजना प्रतिनिधि सहभागी गराउन केन्द्रबाट सर्कुलर आएको जसपा खोटाङका जिल्ला अध्यक्ष पिके खम्बुले जानकारी दिएका छन् ।

    मोर्चाको जिल्ला कार्यसमितिमा को–को बस्ने भन्ने बारेमा भने अहिलेसम्म टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोकज दीपक पाण्डे ‘आकाश’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष जलशेर राई, जसपाका अध्यक्ष पिके खम्बु, नेकपाका जिल्ला ईन्चार्ज सञ्जिव मगर (सी) लगायतका नेताहरु सहभागी थिए । जिल्लामा गठन हुने समाजवादी मोर्चाको औचित्यका बारेमा पत्रकार सम्मेलनमा सहभागी नेताहरुले प्रस्ट्याएका थिए ।

    समाजवादी मोर्चा नेपाल खोटाङको गत भदौ–२२ गते दिक्तेलमा बसेको पहिलो बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका अध्यक्ष जलशेर राईले गरेका थिए । केन्द्रमा छ/छ महिनामा नेतृत्व परिवर्तन गर्ने केन्द्रीय निर्णय अनुसार खोटाङमा मोर्चाको पहिलो बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका जिल्ला अध्यक्ष राईले गरेका एि बैठकले मोर्चाको कार्यक्रमलाई सफल बनाउन लागिपर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलासुस्तीबिरुद्ध आवाज उठाउने लगायतका विषयमा छलफल गरेको थियो ।

    गत भदौ–२५ गते बिराटनगरमा भएको मोर्चाको प्रदेश भेलाले खोटाङ जिल्लाको नेतृत्व जसपालाई दिने निर्णय गरेको जनाइएको छ । नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार–४ गते केन्द्रमा समाजवादी मोर्चा नेपाल घोषणा भएको हो ।

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २२:२१:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको