एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ३० हजार नगद पुरस्कार

एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ३० हजार नगद पुरस्कार

रोदिक खबर

२५, आश्विन २०८०
  • 12.1K
    SHARES
  • एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ३० हजार नगद पुरस्कार

    खोटाङ । एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडाका बिनेश राईले नगद पुरस्कार प्रदान गरेका छन् । बैदेसिक रोजगारीका सिलसिलामा हाल दक्षिण कोरिया पुगेका राईले २०७९ को एसइई परीक्षामा सबैभन्दा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने कालिका माध्यमिक विद्यालय बाहुनीडाँडाका छात्र तविन राईलाई नगद ३० हजार पुरस्कार प्रदान गरेका हुन् ।

    विद्यालयले बिहिबार आयोजना गरेको वडादशैंको शुभकामना आदानप्रदान तथा एसइईमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राईका बुवा चहलसिं राईले छात्र राईलाई नगद पुरस्कार हस्तान्तरण गरेका छन् ।राईले २.८५ जिपिए अंक ल्याएर एसइई उत्तिर्ण भएका हुन् ।

    आफ्नो जन्मथलोको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रोत्साहन तथा हौसलाका लागि प्रवासबाट नगद पुरस्कार प्रदान गरिएको राईले बताए । दक्षिण कोरियामा रहेका राईले पाँच वर्षसम्म कालिका माध्यमिक विद्यालयबाट एसइइ उत्तिर्ण गर्ने विद्यार्थीलाई बार्षिक ३० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - २१:२८:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको