कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

रोदिक खबर

२७, आश्विन २०८०
  • 9.5K
    SHARES
  • कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

    विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि मुख्यमन्त्रीमा कार्कीको बाटो खुलेको थियो ।

    बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १०:२५:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको