'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२८, आश्विन २०८०
  • 14.8K
    SHARES
  • 'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । विगत तीन दशकदेखि नेपाली गीत गायन तथा म्युजिक भिडियो मोडलिङमा सक्रिय वरिष्ठ गायक सिताराम पोखरेलले 'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन्। संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ।

    वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटावको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

    नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो 'ओएस आर डिजिटल' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

    २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन् ।

    भिडियो लिंक:  https://youtu.be/7c8pJuI5iwg?si=GIs0Exqtklg2DG35

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १८:४२:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको