काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ । बोर्डका एक सदस्यले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालय एसईई ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
एसईईको नतिजा नेपाल टेलिकमको वेवसाइटबाट हेर्न सकिने टेलिकमले जानकारी दिएको छ । टेलिकमले फोन, एसएमएस र आफ्नो वेवसाइटमार्फत हेर्न मिल्ने व्यवस्था गरेको हो ।
कम्पनी एक सूचना जारी गर्दै नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका लागि मोबाइलबाट १६०० डायल गरी आइभीआर प्रविधिमार्फत् हेर्न सकिने जनाइएको छ ।
नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
साथै, मोबाइल, जीएसएम र सिडिएमए फोनबाट म्यासेज बक्समा गएर एसईई स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाउनु पर्नेछ । टेलिकमले आफ्नो वेबसाइटमा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिने व्यवस्था गरेको छ । यसका बाहेक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, एनसेलको वेवसाइटलगायतका वेवसाइटबाट हेर्न सकिने जनाएको छ ।
विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, बोर्डको परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को वेबसाइट, नेपाल टेलिकम तथा एनसेलको वेबसाइट, इडियु सञ्जाल र कान्तिपुर पब्लिकेशनको वेबसाइटबाट एसईईको नतिजा हेर्न सक्नेछन् ।