शुक्रवार, भाद्र २६ गते २०८३

गाउँगाउँमै पुगेर वृद्धभत्ता वितरण , ५३५ जनाले पाए सुविधा

गाउँगाउँमै पुगेर वृद्धभत्ता वितरण , ५३५ जनाले पाए सुविधा

रोदिक खबर

१, कार्तिक २०८०
  • 10.0K
    SHARES
  • गाउँगाउँमै पुगेर वृद्धभत्ता वितरण , ५३५ जनाले पाए सुविधा

     साकेला । खोटाङको साकेला गाउँपालिकाले दशैंको मुखमा वडा–वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो त्रैमासिक बापत वृद्ध(वृद्धाले प्राउने भत्ता रकम उक्त गाउँपालिकाले दशै अगाडी नै वितरण सम्पन्न गरेको हो ।

    गाउँपालिकामा स्थापना भएको नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको विभिन्न छ वटा स्थानहरुमा भुक्तानी शिविर सञ्चालन गरेको थियो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरबाट ५३५ जना लाभग्राहीलाई ८० लाख ४७ हजार रकम वितरण गरिएको छ ।

    गत असोज २३ गते वडा नम्बर २ रतन्छामा १३० जना लाभग्राहीको लागि १८ लाख ४९ हजार रकम बैंङ्किङ प्रणाली मार्फत वितरण गरिएको छ । त्यस्तै, असोज २४ गते ३ नम्बर वडा कार्यालय खिदिमामा आयोजना गरिएको भुक्तानी शिविरबाट ८२ जना लाभग्राहीले ९ लाख १७ हजार रुपैंया भत्ता बुझेका छन् ।

    असोज २५ गते वडा नम्बर ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट १०४ जनाले १५ लाख ७५ हजार रकम बुझेका छन् । त्यस्तै असोज २६ गते ४ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरबाट ४८ जनाले ७ लाख ४९ हजार रकम प्राप्त गरेका छन् । यता पालिकाको सबैभन्दा टाढाको दुरीमा रहेको वडा नम्बर १ को बाँझेच्यानडाँडामा गत सोमबार सञ्चालन गरिएको शिविरबाट ९२ जनाले १७ लाख ७३ हजार र सोही वडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ७९ जना लाभग्राहीलाई ११ लाख ८४ हजार रुपैंया वितरण गरिएको नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिए।

    वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैंकका प्रबन्धक रिजाल आफै वडा–वडा पुगेका थिए । भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको छ ।

    sa1.jpg

    गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको बताए ।

    साकेला गाउँपालिकाले विगत तीन वर्षअघिदेखि बैंक मार्फत भत्ता वितरण गर्न थालेको हो । तर, गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ ।

    टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको अध्यक्ष राईले बताए ।

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ११:५२:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको