शुक्रवार, भाद्र २६ गते २०८३

इजरायलबाट बिहान ९ बजे शव विमानस्थल ल्याइपुर्‍याइँदै

इजरायलबाट बिहान ९ बजे शव विमानस्थल ल्याइपुर्‍याइँदै

रोदिक खबर

५, कार्तिक २०८०
  • 9.2K
    SHARES
  • इजरायलबाट बिहान ९ बजे शव विमानस्थल ल्याइपुर्‍याइँदै

    खोटाङ । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ ।

    शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ ।

    नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

    काठमाडौं आइपुगेलगत्तै शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - ०६:४८:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको