विजयादशमीले विश्वमा शान्ति ल्याउन् : राष्ट्रपति पौडेल

विजयादशमीले विश्वमा शान्ति ल्याउन् : राष्ट्रपति पौडेल

रोदिक खबर

७, कार्तिक २०८०
  • 6.8K
    SHARES
  • विजयादशमीले विश्वमा शान्ति ल्याउन् : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गरेका छन् ।

    दशैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गरेका हुन् ।

    उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले राष्ट्र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायीत्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन् ।

    उनले देश विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुवास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिएका छन् ।

    यसैगरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक ७, २०८० मंगलवार - ०६:४५:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको