बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति पौडेलले भाउजुसँग टीका लगाउने, सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई पनि टीका लगाइदिने

राष्ट्रपति पौडेलले भाउजुसँग टीका लगाउने, सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई पनि टीका लगाइदिने

रोदिक खबर

७, कार्तिक २०८०
  • 6.8K
    SHARES
  • राष्ट्रपति पौडेलले भाउजुसँग टीका लगाउने, सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई पनि टीका लगाइदिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट आज विजया दशमीको टीका ग्रहण गर्ने भएका छन् ।

    राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजु विष्णुमायाको हातबाट टीका जमरा ग्रहण गर्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

    राष्ट्रपति पौडेलले भाउजुको हातबाट टीका जमरा लगाएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । यसैबीच, राष्ट्रपति पौडेलले आज सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम छ ।

    उनले राष्ट्रपति कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनेछन् ।

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताएका छन् ।

    टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।

    प्रकाशित मिति :कार्तिक ७, २०८० मंगलवार - ०७:०८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको