भाइटीकाको उत्तम साइत १०:५१ बजे

भाइटीकाको उत्तम साइत १०:५१ बजे

रोदिक खबर

२०, कार्तिक २०८०
  • 7.8K
    SHARES
  • भाइटीकाको उत्तम साइत १०:५१ बजे

    काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।

    नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

    हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

    टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - २०:५१:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको