खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बजार अनुगमन गरेर म्याद गुज्रेका खाद्यबस्तु जफत गरी जलाएर नष्ट गरिएको छ ।
मंगलबार दिप्रुङको पञ्चमीबजार र याङसोलाटारका किराना पसलहरु अनुगमन गर्दा भेटिएका म्याद नाघेका खाद्यबस्तु जफत गरेर जलाई नष्ट गरिएको घरेलु तथा साना उधोग खोटाङका प्रमुख भेषराज खत्रीले बताए ।
खत्रीका अनुसार डिउ, कोक, करेन्ट मसला, धुलो बेसार, पापड, बदाम जुस, सेभेनअप, पेप्सी गरी ६ हजार ७४० रुपैयाँ बराबरको म्याद नागेका सामान जफत गरिएको थियो ।
यस्तै, १९ कार्तिकमा दिक्तेलबजारको अस्पताल चोकस्थित बानियाँ चोकदेखि पोखरी स्कुलसम्म रहेका किराना पसलहरु अनुगमन गर्दा भेटिएका म्याद नाघेका खाद्यबस्तु जफत गरेर जलाई नष्ट गरिएको छ ।
त्यहाँ कोक, डिउ, कफी, मरिच, स्याम्पो, धुलो खुर्सानी, मसला, बदाम जुस, बेसार, ज्वानो, अचार गरी २१ हजार २१५ रुपैयाँ बराबरको म्याद नागेका सामान जफत गरिएको थियो ।