बिहिवार, कार्तिक १३ गते २०८३

थप १२ सय दुई जनामा संक्रमण पुष्टि, नेपालमा ५३ हजार १२० जना पुगे संक्रमित

थप १२ सय दुई जनामा संक्रमण पुष्टि, नेपालमा ५३ हजार १२० जना पुगे संक्रमित

रोदिक खबर

२७, भाद्र २०७७
  • 3.5K
    SHARES
  • थप १२ सय दुई जनामा संक्रमण पुष्टि, नेपालमा ५३ हजार १२० जना पुगे संक्रमित

    पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्। 

    आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ।  पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्। 
    हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्। पछिल्लो २४ घन्टामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्। 

    प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १६:३६:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको