शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङको बाक्सिलामा आगलागी, १५ लाख बराबरको क्षति

खोटाङको बाक्सिलामा आगलागी, १५ लाख बराबरको क्षति

रोदिक खबर

४, मंसिर २०८०
  • 6.4K
    SHARES
  • खोटाङको बाक्सिलामा आगलागी, १५ लाख बराबरको क्षति

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

    गएराती अन्दाजी ११ः४५ बजे बोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र बिजुलीको रातो चिमबाट सल्किएको आगोले बाक्सिलाका किशोर दुमी राईको ढुंगा माटोले बनेको टिनको छानो भएको तीनतले घर घर पूर्णरुपमा जलेको हो ।

    आगलागीबाट बोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, ४ तोला चाँदी समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए ।

    आगलागीबाट सो घरमा सुतिरहेका राईकै १५ वर्षीया भान्जि सरिता तामाङको माथिल्लो भागको अगाडीको २ वटा दाँत भाँचिएको र बायाँ हात फयाक्चर भएको छ । उनको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।

    आगोलाई प्रहरी र स्थानीयले आज बिहान २ बजे पूर्णरुपमा नियन्त्रणमा लिएका थिए । अग्नी पीडितहरुलाई अस्थायी वास स्थानको व्यवस्थापन गर्न छलफल भईरहेको बाक्सिलाका वडाध्यक्ष खड्ग बहादुर तामाङले बताए ।

    विपतमा नआतिन र विपतमा परेका परिवारलाई सहयोग गरिदिन गाउँपालिका अध्यक्ष समिर राईले सबैलाई आग्रह गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - ०९:२५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको