शुक्रवार, भाद्र २६ गते २०८३

नवौं उद्योग दिवसको अवशरमा दिक्तेलमा स्थानीय उत्पादन प्रर्दशन

नवौं उद्योग दिवसको अवशरमा दिक्तेलमा स्थानीय उत्पादन प्रर्दशन

रोदिक खबर

९, मंसिर २०८०
  • 8.9K
    SHARES
  • नवौं उद्योग दिवसको अवशरमा दिक्तेलमा स्थानीय उत्पादन प्रर्दशन

    खोटाङ । नवौं उद्योग दिवसको अवशरमा शनिबार खोटाङको दिक्तेलमा स्थानीय उत्पादन प्रर्दशन गरिएको छ । स्वदेशी उत्पादन अभियान, उद्योगीको सम्मान भन्ने नाराका साथ दिक्तेलमा घरेलु तथा साना उद्योग कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा उद्योग दिवसका अवशरमा स्थानीय उत्पादन प्रर्दशन गर्दै दिवस मनाइएको हो ।

    जिल्ला समन्वय समितिको प्रांगनमा आयोजित दिवसमा जिल्लाका उद्यमीले तयार पारेका उत्पादनको स्टल राखिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयले सिप विकास तालिम दिएका व्यवसायीले उत्पादन गरेका सामानहरु प्रदर्शनी एवं प्रचारप्रसार तथा बिक्री बितरण गर्दै प्रोत्साहन गर्नका लागि स्थानीय उत्पादन प्रर्दशन गर्दै दिवश मनाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताए ।

    दिवसको अवशरमा बसैखाली ठूलेको हेण्डीक्राफ्ट व्यवसायी चन्द्रप्रसाद आचार्यलाई खाँडीको दौरा सुरुवालका साथमा प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।

    यस्तै, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी ममता राईलार्ई पनि सम्मान गरिएको छ भने ११ जना उद्यमीलाई सहभागीता प्रमाणपत्र साथै यातायात खर्च उपलव्ध गराइएको प्रमुख खत्रीले जानकारी दिए । प्रतिनिधि सभा सदस्य रामकुमार राईले उद्घाटन गरेको कार्यक्रममा विभिन्न दलका नेता, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २१:२०:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको