शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा लाग्ने साप्ताहिक हाट ७ बजेबाट लाग्न थाल्यो

दिक्तेलमा लाग्ने साप्ताहिक हाट ७ बजेबाट लाग्न थाल्यो

रोदिक खबर

९, मंसिर २०८०
  • 8.8K
    SHARES
  • दिक्तेलमा लाग्ने साप्ताहिक हाट ७ बजेबाट लाग्न थाल्यो

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ताकेतापछि सदरमुकाम दिक्तेलबजारस्थित हाँटडाँडामा लाग्ने साप्ताहिक हाटबजार बिहान ७ बजेबाट मात्रै लाग्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाँटडाँडामा लाग्ने साप्ताहिक हाट अन्य समयमा बिहान ४ बजेदेखि लाग्ने र कृषकको उत्पादनलाई बिचौलियाले सस्तोमा खरीद गरी महङगोमा विक्रीवितरण गर्ने गुनासोपछि नगरपालिकाले एक्सन लिएर अब भने बिहान ७ बजेबाट मात्रै हाटबजार लाग्ने बनाएको हो ।

    त्यसका लागि नगरपालिकाले प्रशासन र प्रहरीसँग समन्वय गरेर पटक–पटक बजारको अनुगमन गरेको थियो । सुरुमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्का, दिक्तेलका वडाध्यक्ष नवराज राई, नगरको कृषि शाखा प्रमुखले अनुगमन गरेका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षकले बजारको अनुगमन गर्दै बजारलाई बिहान ७ बजेबाट मात्रै लगाउन माईकिङ गरेको थियो ।

    पुनःआज शनिबार बिहान ५ः२५ मा नगरप्रमुख भट्टराई र प्रहरी नायब उपरिक्षक खड्काको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । अनुगमन गर्दै बिहान ६ बजेसम्म बस्दा एकजना व्यवसायी आएको र उहाँलाई पनि सम्झाएर ७ बजेबाट मात्रै सामान फिजाउन दिईएको नगरप्रमुख भट्टराईले बताए ।

    अन्ततः अबदेखि बिहान ७ बजेबाट मात्रै हाटबजार लाग्ने भएकाले दिक्तेल आसपास मात्रै नभई याम्खा, मात्तिम, ओख्रे रतन्छा लगायतका स्थानबाट पनि हाटबजारमा सामाग्रीहरु ल्याएर किनमेल गर्न नगरप्रमुख भट्टराईले आग्रह गरे । नगरपालिकाले तोकेको समयमा हाटबजार लाग्छ लाग्दैन भन्नेमा नगर प्रहरीले साप्ताहिक रुपमा अनुगमन गर्नेछ । हाँटडाँडामा शनिबार र बुधबार हाटबजार लाग्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २१:३१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको