नगरपालिकाद्वारा पाँच आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान

नगरपालिकाद्वारा पाँच आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान

रोदिक खबर

१२, मंसिर २०८०
  • 2.9K
    SHARES
  • नगरपालिकाद्वारा पाँच आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान

     खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो मातहतमा रहेका ५ वटा सामुदायिक विद्यालयलाई डेस्कटप कम्प्युटर प्रदान गरेको छ । नगरपालिकाले नगरको सभाहलमा कार्यक्रम गरेर विद्धोदय आधारभूत विद्यालय प्रदान गरेको हो ।

    आकाशे पानी संकलन गरी शुद्ध पानी खुवाउने वेष्ट पानी संस्था काठमाण्डौका संस्थापक गोकुल दाहालको पहलमा काठमाण्डौ डल्लु निवासी समाजसेवी मनोज श्रेष्ठले उपलब्ध गराएको ५ वटा कम्प्युटरमध्ये मंगलबार ४ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको र जालपा आधारभूत विद्यालय खार्मीका शिक्षक तथा प्रतिनिधि नआएकाले खार्मीलाई २–४ दिनमा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

    comp.jpg

    गुणस्तरीय शिक्षा र प्रविधियुक्त शिक्षामा विद्यार्थीहरुलाई जोड्न समाजसेवी श्रेष्ठले उपलब्ध गराएको कम्प्युटर नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई लगायतले वितरण गरेका थिए । श्रेष्ठले उपलब्ध गराएको डेस्कटप कम्प्युटर  ३ लाख ५० हजार  मूल्य पर्ने बताईएको छ ।

    कम्प्युटर हस्तान्तरणपछि नगरप्रमुख भट्टराईले कम्प्युटरमा माकुराको जालो लगाएर हैन विद्यार्थीलाई प्रविधि सिकाउन शिक्षकहरुलाई निर्देशन दिए। सहयोगी दातालाई नगरपालिकाले धन्यवाद दिएको छ । दाताहरुलाई पछि सम्मान गरिने नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - २०:३६:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको