धरानमा पूर्वी स्टार गायन प्रतियोगीता हुँदै

धरानमा पूर्वी स्टार गायन प्रतियोगीता हुँदै

रोदिक खबर

१४, मंसिर २०८०
  • 8.0K
    SHARES
  • धरानमा पूर्वी स्टार गायन प्रतियोगीता हुँदै

    नेपालमा सञ्चालन भइरहेका ठूला–ठूला गायन प्रतियोगिताको पहुँचमा नपुगेका प्रतिभाहरूको खोजी गर्दै गायन प्रतिभा पहिचानका लागि पूर्वको धरानमा पूर्वी स्टार गायन प्रतियोगीता २०८० को तयारी गरिएको छ । पूर्वको माटो, पूर्वको पहिचानका लागि हाङ अनलाईन म्यूजिक प्रालिको आयोजनामा पूर्वी स्टार गायन प्रतियोगीता सिजन वानको तयारी गरिएको हो ।

    लुकेर रहेका प्रतिभाको पहिचान एवम् अवशर पाउनबाट बञ्चित गायन कलालाई प्लेटफर्म दिने उद्देश्यका साथ पूर्वी स्टार गायन प्रतियोगीताको तयारी गरिएको दिक्तेलमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताका निर्देशक टिआर लिम्बूले जानकारी दिए ।

    पूर्वको आवाज पूर्वको सान, पूर्वी स्टार गायन प्रतियोगीता सिजन वाननाम दिइएको गायन प्रतियोगीतामा सहभागी हुन इच्छुक प्रतिभाले मंसिर १५ गतेदेखि ९८४२४२६२०६ र ९८६९७५५२५५ मा ह्वाट्स् एपमार्फत आवेदन दिन सक्नेछन् । आयोजक कम्पनीको क्यूआरमा एक हजार आवेदन शुल्क जम्मा गरेर स्कृन सर्ट ह्वाट्स् एपमा पठाउने व्यवस्था मिलाइएको आयोजक हाङ अनलाईन म्यूजिक प्रालिले जनाएको छ । पूर्वी स्टारको अडिसन आगामी पुस १ गतेबाट सुरु हुने र अनलाइन आवेदन मंसिर ३० गतेसम्म लिइने आयोजकले जनाएको छ। 

    पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ । अडिसनका लागि ह्वाट्स एपमा गीत गाएर भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ । त्यसैगरी भारतबाट ९१७६७९६२२९८५ मा ह्वाट्स एप गर्न सकिनेछ । पहिलो अडिसनबाट छनोट भएकाहरूले दोस्रो चरणका लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत नै पठाउनुपर्ने र त्यसमार्फत पनि छनोटमा पर्ने सहभागीले सुनसरीको धरानमा गई प्रत्यक्ष सहभागी हुन पाउने आयोजक समितिका कार्यक्रम निर्देशक लिम्बूले बताए । गीत नेपालभित्र बोलिने सबै राष्ट्रिय भाषामा गाउन पाइने छ ।

    पूर्वी स्टारको विजेताले नगद चार लाख सहित सुनको सिक्री एक थान, ट्रफी, एउटा गीत रेकर्ड गर्ने अवसर र प्रमाणपत्र पाउने आयोजकले बताएको छ । द्वितीय हुनेले नगद १ लाख ५० हजार, ट्रफी, एउटा गीत रेकर्डको अवसर र प्रमाणपत्र तथा तृतीयले नगद ५० हजार, ट्रफी, एउटा गीत रेकर्डको अवसर र प्रमाणपत्र पाउनेछन्। तेस्रो चरण (लाइभ राउन्ड) देखि प्रत्येक राउन्डका उत्कृष्टले एक–एक थान गिटार प्राप्त गर्नेछन् ।

    यस प्रतियोगिताको निर्णायकमण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगीतकार खगेन्द्र यक्सो र गायक कुसल थलङ रहेका छन् । पूर्वी स्टारमा संसारभरका नेपालीले सहभागिता जनाउन पाउने पूर्वी स्टार गायन प्रतियोगीताका संयोजक सुमन लिम्बूले जानकारी दिए ।

    पूर्वी स्टार गायन प्रतियोगीताको प्रचार प्रसारका लागि आयोजकले हाल जिल्ला जिल्लामा पुगेर पत्रकार सम्मेलन गरिरहेको छ । दिक्तेलमा पत्रकार सम्मेलन गरेको आयोजकको टोली ओखलढुंगातर्फ प्रस्थान गरेको छ ।

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १८:०४:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको