शुक्रवार, भाद्र २६ गते २०८३

नेपाल राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

रोदिक खबर

१८, मंसिर २०८०
  • 8.1K
    SHARES
  • नेपाल राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

     काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । आगामी आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो ।

    यससँगै, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख डा. गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् । नियमन विभागको जिम्मा भने भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलले पाएका छन् ।

    हाल मानव संशाधन तथा जनशक्ति व्यवस्थापन विभागमा कार्यरत तुलसीप्रसाद घिमिरेले विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । वित्त व्यवस्थापन विभाग हेर्दै आएका मुकुन्दप्रसाद क्षेत्रीले भने मानव संशाधन व्यवस्थापनको जिम्मा पाएका छन् । त्यसैगरी, हाल विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी समाल्दै आएका रामु पौडेलले वित्त व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।

    केही दिनअघि पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको थियो । त्यसलगतै आगामी आइतबारबाट लागु हुनेगरी थप पाँचजना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो ।

    यसअघि मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको थियो । त्यस्तै उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागमा प्रदीपराज पौडेललाई ल्याइएको थियो ।

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - २०:५६:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको