खोटेहाङ गाउँपालिकामा दुई दिने कृषि तथा पशु मेला प्रर्दशनी शुरु

खोटेहाङ गाउँपालिकामा दुई दिने कृषि तथा पशु मेला प्रर्दशनी शुरु

रोदिक खबर

२०, मंसिर २०८०
  • 2.5K
    SHARES
  • खोटेहाङ गाउँपालिकामा दुई दिने कृषि तथा पशु मेला प्रर्दशनी शुरु

    खोटाङ । खोटेहाङ गाउँपालिकामा दुई दिने कृषि तथा पशु मेला प्रर्दशनी शुरु भएको छ । “समावेशी, स्वावलम्बी , समृद्ध खोटेहाङ” भन्ने नारासहित पालिकाले खोटाङबजारस्थित टुडिखेलमैदानमा दुई दिने कृषि मेला प्रदर्शनी शुरु गरेको हो ।

    बुधबार बाट शुरु भएको कृषि मेला प्रदर्शनीमा गाउँपालिका भरीका कृषकले उत्पादन गरेका १८ विधामा कृषि उपज प्रदर्शनीमा राखेका थिए । गाउँपालिका भरीका प्रत्येक वडाबाट  सहभागिता रहेको कृषि मेला प्रदर्शनीमा अलैची, किवि, एभोकाडो, कागती,काउली, सुन्तला, केरा,बन्दा, फर्सी, आलु, मुला, टमाटर, स्थानीय जातको खसी, उन्नत जातको खसी, लोकल भाले, माछा, मह र रायो गरी १८ विधामा कृषकले कृषि उपज प्रर्दशनीमा राखेकोे गाउँपालिका कृषि अधिकृत एवम् कृषि शाखा प्रमुख केशबकुमार झाले बताए । १८ विधामा राखिएका कृषि उपजको मुल्याङ्न गर्ने र उनिहरूलाई पुरस्कृत गरिने प्रमुख झा को भनाई छ । 

    Abokado 1-7.JPG

     

    कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवम् बजारीकरण गर्ने, कृषि उपजबिचमा प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै वास्तविक किसानलाई व्यवसायिक बन्नका लागि प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राई (मुक्ति) ले बताए ।
    kauli 1-8.JPG


    विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वाताबरण बनाउने लक्ष्यका कृषि मेलाको आयोजना गरिएको हो । कृषि पेशाको व्यवसायीकरण गर्दै कृषकलाई कृषि पेशाप्रति आत्मनिर्भर एवम् प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष रुपेश राईले बताए ।

    hurra nach .JPG

    कृषि मेला प्रर्दशनीमा मगर समुदायको मगर समुदायको हुर्रा नाच, दलित समुदायको लोप हुँदै गएको पंन्चे बाचा, किँरात समुदायको साकेला सिली र नेवार समुदायले ठ्याठुके नाचसहितको झाँकी देखाएका थिए । उनिहरूलाई पालिकाले नगदसहित सम्मान गरेको थियो । कृषि मेलालाई छिमेकी जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीवासिन्दालेसमेत अवलोकन गरेका थिए । 

    khotehang Mela 1-2.JPG

    खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईको सभापत्विमा भएको कृषि तथा पशु मेला प्रदर्शनी उद्घाटन कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष अरुणा थापामगर, खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राई,नौ वटै वडाका वडाध्यक्षहरूको तर्फबाट वडा–८ सिम्पानीका वडाध्यक्ष चन्द्रबहादुर थापा, नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाका सभापति प्रेमकुमार थापा, नेकपा (एमाले) खोटेहाङ गाउँपालिकाका सचिव अम्बरबहादुर बस्नेत, नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाका संयोजक दिपेन राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका संयोजक प्रदिप आचार्य, नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा सभापति अमृत गिरी, भगवति दिननाथ क्याम्पस खोटाङबजारका सहायक क्याम्पस प्रमुख मानबहादुर पौडेल, सिम्पानी माध्यमिक विद्यालय सिम्पानीका प्रधानाध्यापक कंमल बुढाथोकीलगायतले शुभकामना राखेका थिए । 

    thakthuke.jpg

    sakela sili.jpg

     

     

    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - २०:२२:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको