प्राविधिक तथा दक्ष नागरिक तयार पार्नका लागि सहयोग गर्न ओलीलाई जनजागृति माविको आग्रह

प्राविधिक तथा दक्ष नागरिक तयार पार्नका लागि सहयोग गर्न ओलीलाई जनजागृति माविको आग्रह

रोदिक खबर

२८, मंसिर २०८०
  • 7.5K
    SHARES
  • प्राविधिक तथा दक्ष नागरिक तयार पार्नका लागि सहयोग गर्न ओलीलाई जनजागृति माविको आग्रह

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मास्थित जनजागृति माविले नेकपा एमालेका अध्यक्ष केपी ओली समक्ष प्राविधिक तथा दक्ष नागरिक तयार पार्ने प्राविधिक धारको विषय पठन पाठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राका क्रममा दिक्तेल पुगेका एमाले अध्यक्ष ओलीलाई बुधबार माग पत्र बुझाउँदै प्रअ पदमकुमार राईले देशको अर्थतन्त्रमा सहयोग र टेवा पुर्याउन सक्ने नागरिक तयार गर्ने विद्यालयको लक्ष्य पुरा गर्नका लागि सहयोगको याचना गरेका हुन् ।

    २०४० सालमा स्थापना गरिएको जनजागृति माविले शुभद्रा मदन (शुभम्) फाउन्डेशनको सहयोगमा व्यवहारिक, उत्पादनमुखी र जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको छ । फाउण्डेसनसँग सहकार्य भए यता विद्यालयले पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने अभ्यास गर्दैआएको छ । शिक्षक सिकाई, साथी सिकाई, स्वयं सिकाई र शेयर सिकाई विधि र अभ्यासका आधारमा विद्यालयमा पठनपाठन गर्ने गरिएको प्रअ राईले अध्यक्ष ओलीलाई जानकारी गराए ।

    शिक्षकले कक्षाकोठा र फिल्डमा सिकाउने, साथी साथीबिचमा एक आपसमा आफुले जानेको कुरा सिकाउने, पुस्तकालय, इन्टरनेट र स्वयं आफै सिक्ने तथा माथिका तीन वटै विधिबाट सिकेको कुरा कक्षा कोठामा सबै साथीहरुलाई शेयर गरेर सिक्ने सिकाउने सिकाई विधिको अभ्यास गरिरहेका छौँ, प्रअ राईले भने, व्यवहारिक कृयाकलाप गराउने, वस्तुहरु देखाउने, छुवाउने, अनुभुत गराउने र बोल्न लगाउने गरिन्छ । विद्यार्थीहरु आफै सहभागी हुने वातावरण सिर्जना गरिन्छ ।

    सुनाउ विर्सनेछु, देखाउ सम्झनेछु तर प्रत्यक्ष सहभागी गराउ सिक्नेछु भन्ने मान्यतालाई आत्मसात गरी सिकाई कृयाकलापलाई प्रयोगात्मक र व्यवहारिक रुपमा सञ्चालन गरिरहेका छौँ । कक्षा ५ सम्म पढाइ भइरहेको अवस्थामा तीन जना मात्रै विद्यार्थी बाँकी रहेपछि २०७१ सालमा अर्को विद्यालयमा मर्ज गर्ने प्रकृया अघि बढेपछि अभिभावकको आग्रहमा फाउण्डेसनले जनजागृति विद्यालय सञ्चालन गर्ने जिम्मा लिएको हो ।

    जनजागृतिलाई हाल सामुदायिक आवासिय विद्यालयका रुपमा विकास गरिएको छ । आवासिय विद्यालयको सम्पूर्ण व्यवस्थापन फाउण्डेसनले गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०८:१४:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको