खोटाङ। नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभन्ज्याङ यात्रा’लाई अवरोध पुर्याएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहित पाँचजनालाई पाँचदिनको म्याद थप गरिएका छ ।
खोटाङको हलेसीबाट पक्राउ परेका किराती, राजेश राई, विजय राई, गन्धमान राई र उदीम चाम्लिङ विरुद्ध प्रहरीले पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नाव उपरिक्षक पुरुषेत्तम खड्काले बताए । उनीहरू सडक अवरुद्ध गरेको आरोपमा मंगलबार पक्राउ परेका थिए ।
कोसी प्रदेशमा पहिचानवादी पक्षधरले मध्यपहाडी मार्गमा बन्द आह्वान गरेका थिए । बन्दको अवज्ञा गरेको भन्दै उनीहरू आगजनीमा समेत उत्रिएका थिए । मंसिर १४ गतेदेखि सुरु गरिएको एमालेको संकल्पयात्रा मंगलबार कोसी प्रदेश प्रवेश गरेको थियो ।