रास्वपा खोटाङले वडा तथा पालिका स्तरीय समिति गठन गर्ने

रास्वपा खोटाङले वडा तथा पालिका स्तरीय समिति गठन गर्ने

रोदिक खबर

४, पौष २०८०
  • 10.6K
    SHARES
  • रास्वपा खोटाङले वडा तथा पालिका स्तरीय समिति गठन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले वडा तथा पालिका स्तरीय समिति गठन गर्ने भएको छ । रास्वपाले पौष ५ गते (बिहीवार) देखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाबाट संगठन विस्तारको काम शुरु गर्ने भएको हो । रास्वपाले बुधार दिक्तेलको भवनगैरामा रहेको आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समितिका सदस्य रविन्द्र ओझाका अनुसार बुइपाबाट शुरु हुने संगठन विस्तारको काम एक महिनापछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पुगेर समापन गर्ने निर्णय भएको छ ।

    प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने ओझाले बताए । उनले भने, “११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।” कमिसन, नातावाद र क्रिपावादबाट होइन, जनताबाट क्षमतावान नेतृत्वको छनौट हुनुपर्ने संकल्पका साथ अघि बढेको रास्वपाले जनाएको छ ।

    खोटाङका खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा यस अघि नै समिति गठनको काम सम्पन्न गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समितिका सदस्य ओझाको भनाइछ ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - २१:१२:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको