जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले स्वास्थ्य परिक्षण गर्दै ज्येष्ठ नागरिकलाई रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने आयुर्वेदिक औषधि निःशुल्क वितरण गरेको छ ।
ज्येष्ठ नागरिक संघ खोटाङले बुधबार दिक्तेलमा आयोजनामा तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले ज्येष्ठ नागरिकलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी ९० जना ज्येष्ठ नागरिकलार्ई आश्वगन्धा चूर्ण र आमलकी चुर्ण नामक इम्युनिटी पावर बढाउने खालका औंषधि वितरण गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डाक्टर उमेश कुमार मेहताले जानकारी दिए ।
डाक्टर मेहताका अनुसार स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक टीका बराल, ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरे लगायतका हातबाट औषधि वितरण गरिएको थियो ।

स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई रोग प्रतिरोधी औषधि वितरण गरिएकोमा अधिकांश ज्येष्ठ नागरिक खुशी देखिएको ज्येष्ठ नागरिक संघका अध्यक्ष घिमिरेले बताए ।