खोटाङ । गायक पर्शु गजमेरको ‘माया भन्नु नै माया हो’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको भुगोलमा छायाङ्कन गरिएको गायक गजमेरको ‘माया भन्नु नै माया हो’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो शनिवार जिल्ला समन्वय समितिको सभा हलमा भएको साइनो काला केन्द्र खोटाङको पाँचौ साधारण सभा उद्घाटन कार्यक्रमका अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले विमोचन गरेसंगै सार्वजनिक भएको हो ।
प्रेम परिक्षित राईको शब्द तथा शान्तिराम राईको सँगीत रहेको ‘माया भन्नु नै माया हो’ बोलको गीतमा गायक गजमेरको स्वर रहेको छ । गीति म्युजिक भिडियोमा दुर्गा रसाइली, अर्विन विश्वकर्मा, युवराज राई, सलिना भुजेल, सुशीला मगर, पर्शु गजमेर, फुल बहादुर राई, जितेन्द्र राई लगायतले अभिनय गरेका छन् ।
भीम राईले छायाङ्कन तथा निर्देशन गरेको यो म्युजिक भिडियोमा सहनिर्देशन ज्ञानेन्द्र विकको रहेको छ । गायक गजमेरले लोक–आधुनिक भाकामा निर्माण गरेको यो म्युजिक भिडियोमा मायाँ/पिरतीका कुरा गरिएको छ ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, बरिष्ठ गायक केशव गौतम, माओवादी केन्द्र खोटाङका सचिव जीवन राई,, प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, शुभम् फाउण्डेसनका निर्देशक सुर्यबहादुर राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, करुणा फाउण्डेसन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी संयोजक अनिता कोइराला लगायतको उपस्थिति रहेकोआयोजकले जनाएको छ ।