दर्ता नगरी सञ्चालित फार्मेसी पसलमा प्रशासनको ताला

दर्ता नगरी सञ्चालित फार्मेसी पसलमा प्रशासनको ताला

रोदिक खबर

१४, पौष २०८०
  • 8.6K
    SHARES
  • दर्ता नगरी सञ्चालित फार्मेसी पसलमा प्रशासनको ताला

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले बाक्सिलाबजारमा दर्ता नगरी सञ्चालन गरिएको एक फार्मेसी पसलमा सिलबन्दी गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा विश्वबिना राईले सञ्चालन गरेको फार्मेसी पसल मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको पाइएपछि सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए ।

    यस अघि गरिएको बजार अनुगमनका क्रममा दर्ता नगरेको पाइएपछि दर्ता गर्न निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा नगरिएकोले कागजात पूरा नहुनजेलसम्मको लागि फार्मेसी सिलबन्दी गरी ताला लगाइएको जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय बाक्सिला, उद्योग वाणिज्य संघ बाक्सिला लगायतका सरोकारवाला निकायले शनिबार गरेको बजार अनुगमनका क्रममा फार्मेसी पसल सिलबन्दी गरेको हो । 

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानीय तहका बजारमा अनुगमनका क्रममा बाक्सिलाबजारमा अनुगमन गरिएको हो । बाक्सिलामा सहायक प्रमुख जिल्ला अधिकारी शाह नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो ।

    413909497_665940362118904_3965946659267361599_n.jpg

     

    प्रकाशित मिति :पौष १४, २०८० शनिवार - २२:१२:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको