बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ

रोदिक खबर

१८, पौष २०८०
  • 9.7K
    SHARES
  • बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ

    खोटाङ । प्रहरीले बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चुहाडेमा जन्म भई दोलखा फन्कु स्थायी घर र हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीया सुनिता खड्का रहेकी छन् । उनी पुस १७ गते ललितपुर थसिखेलबाट पक्राउ परेकी हुन् ।

    पक्राउ परेकी खड्लाई खोटाङ ल्याएर पुस १८ गते सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । सुनिताले खोटाङकी निर्मला भुजेललाई विभिन्न प्रलोभन देखाएर विभिन्न समयमा गरी ३५ लाख २५ हजार रुपैयाँ लिएको र उक्त रकम फिर्ता गर्न बैंक अफ काठमाडौंको चेक दिएको तर रकम भने नभएकाले उजुरी परेपछि बैंकिङ कसुरसम्वन्धी कारबाही प्रक्रिया बढाइएको प्रनाउ खड्काको भनाई छ ।

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - २२:२८:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको