शुक्रवार, भाद्र २६ गते २०८३

११ लाख ५० हजार ठगी गरेको आरोपमा महिला पक्राउ

११ लाख ५० हजार ठगी गरेको आरोपमा महिला पक्राउ

रोदिक खबर

२३, पौष २०८०
  • 9.4K
    SHARES
  • ११ लाख ५० हजार ठगी गरेको आरोपमा महिला पक्राउ

    काठमाण्डौमा सस्तोमा जग्गा खरिद गरिदिने भन्दै पैसा लगेर जग्गा खरिद नगरी ठगी गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन्। दिक्तेलकी निर्मला भुजेलबाट विभिन्न मितिमा पटक–पटक गरी ११ लाख ५० हजार ३५० रुपैयाँ लगेर जग्गा खरिद नगरी ठगी गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका–११ बुढानिलकण्ठ बस्ने ३२ वर्षीया गंगा बिक पक्राउ परेकी हुन् ।

    पीडित भुजेलले दिक्तेलमा रहेको आईएमई र सहकारीमाफर्त बिकलाई काठमाण्डौमा रकम पठाईएकी थिईन् । तर, बिकले पीडित भुजेलको नाममा कुनै पनि जग्गा खरिद नगरीदिई ठगी गरेको भनि ठगी सम्बन्धी कसुर मुद्दा दर्ता भएपछि खोजतलास गरी पुस २१ गते काठमाण्डौ बुढानिलकण्ठस्थित कोठाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

    ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ परेकी बिकलाई पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - २१:५२:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको