खोटाङका निर्माण व्यवसायीलाई इलेक्ट्रोनिक सरकारी खरीद ई-पीजी प्रणाली सम्बन्धि तालिम

खोटाङका निर्माण व्यवसायीलाई इलेक्ट्रोनिक सरकारी खरीद ई-पीजी प्रणाली सम्बन्धि तालिम

रोदिक खबर

२६, पौष २०८०
  • 2.2K
    SHARES
  • खोटाङका निर्माण व्यवसायीलाई इलेक्ट्रोनिक सरकारी खरीद ई-पीजी प्रणाली सम्बन्धि  तालिम

    खोटाङ । खोटाङका निर्माण व्यवसायीहरुका लागि संचालित इलेक्ट्रोनिक सरकारी खरीद ई-पीजी प्रणाली सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । खोटाङका निर्माण व्यवसायीलाई प्रविधिमा अब्बल बनाउनका लागि संचालित तालिम बुधबार सम्पन्न भएको हो ।

    निर्माण व्यवसायी महासंघको आयोजना तथा सार्वजनिक खरिद अनुगमन (पिपिएमओ), निर्माण व्यवसायी विकास परिषद् (सिबिडिआइसी) को सहयोग र नेपाल निर्माण व्यवसायी संघ शाखा खोटाङको व्यवस्थापनमा होटल शुभ दिनमा तालिमको आयोजना गरिएको थियो ।

    व्यवसायीहरुलाई ठेक्का हाल्ने सिस्टम, टेन्डर भर्ने र टेन्टर बिट कसरी गर्ने भन्ने विषयमा सीप सिकाएको तालिमको सहजीकरण निर्मल लामा, बिसिका सुवेदी र इमेश गौतम गरेको निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष दिनेश पौडेल जानकारी दिए ।

    अहिले प्रविधिको जमाना भएपनि व्यवसायी पुरानै जमानामा रहेकोले तालिमले व्यवसायीहरुलाई प्रविधिमा ज्ञान राख्न टेवा पुग्ने अध्यक्ष पौडेलले बताए।

    ठेक्का हाल्न, टेन्डर भर्न र टेन्टर बिट गर्न समस्या झेलीरहेका व्यवसायीले तालिम लिएपश्चात् अरुको भर पर्नुपर्ने अवस्था हट्ने पौडेलले जानकारी दिए । तालिममा जिल्लाका ३० जना भन्दा बढी निर्माण व्यवसायी सहभागि भएका थिए ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०७:५३:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको