वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि दोर्पाचिउरीडाँडाले चुम्यो

वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि दोर्पाचिउरीडाँडाले चुम्यो

रोदिक खबर

२८, पौष २०८०
  • 7.6K
    SHARES
  • वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि दोर्पाचिउरीडाँडाले चुम्यो

    खोटाङ । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले आयोजना गरेको ‘जिल्लाव्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’ को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले चुमेको छ । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले आयोजना गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल’ प्रतियोगिता अन्तरगत दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले चुमेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ नेर्पास्थित क्लबको आफ्नै खेलमैदानमा शनिबार साँझ सम्पन्न फाइनल खेलमा आयोजक नेर्पा स्पोर्टस क्लब ‘बि’लाई १–२ गोल अन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि चुमेको हो ।

    प्रथम उपाधि उचाल्न सफaल दोर्पाचिउरीडाँडाले नगद  लाख ५० हजार र उपविजेता आयोजक ‘बि’ले नगद ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाका अध्यक्ष शरद राईले जानकारी दिए । प्रतियोगिताको उपाधि जिताउन दोर्पाचिउरीडाँडाका खेलाडी बिजु भुजेलले पहिलो हापमा एक र दोस्रो हापमा एकगरी एक्लैले दुई गोल गरेका थिए ।

    आयोजक नेर्पा ‘बि’का खेलाडी सुरज राईले पहिलो हापमा शुरुवाती गोल गरेपनि दोर्पाचिउरीडाँडाका खेलाडी भुजेलले क्रमशः दुई गोल गरेपछि त्यो नै उपाधि जित्नका लागि निर्णायक गोल बनेको थियो । प्रतियोगितामा सेमिफाइनलिष्ट भएका साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङले क्रमशः नगद रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    उपाधि जिताउन सफल दोर्पाचिउरीडाँडाका खेलाडी भुजेल जारी प्रतियोगिता अवधिको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । भुजेलले नगद  पाँच पुरस्कार प्राप्त गरेका छन् भने, वेष्ट कोच दोर्पाचिउरीडाँडाकै दिपेश राई घोषित भएका छन् ।

    प्रतियोगिताका हाईस्कोरर दोर्पाचिउरीडाँडाकै विकी राई घोषित भएको आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाका सचिव विरेन गुरुङले जानकारी दिए। विकीले नगद चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    वेष्ट डिफेण्डर आयोजक टिम ९टोली०का शरद गुरुङ, वेष्ट स्ट्राइकर नेर्पाकै सुनिल खड्का, वेष्ट मिड फिल्डर दोर्पाचिउरीडाँडाका शरद राई, वेष्ट गोलरक्षक दोर्पाचिउरीडाँकै बादल राई, द राईजिङ प्लेयर आयोजक नेर्पाका प्रज्वल गुरुङ घोषित भएका छन् । उनीहरुले जनही नगद दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    विजेता टिम तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका प्रमुख समिर राई, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राई लगायतका अतिथिले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको छ । पुस–२२ गतेदेखि शुरु भएको प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए ।

    प्रतियोगिता समापनको अवसरमा डाक्टर धनप्रसाद सुवेदी, डाक्टर रमेश रिजाल र अग्रज खेलाडी रामबहादुर राईलाई अभिनन्दन गरिएको छ । कार्यक्रममा मुख्य प्रायोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा सह–प्रायोजकहरु नेर्पाली एकता समाज काठमाडौँ, पर्शुराम राई फाउण्डेशन नेर्पा र वडा कार्यालय नेर्पालाई कदरपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

     

    ‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ वि.सं. २०७६ सालमा स्थापना गरिएको नेर्पा स्पोर्टस क्लबले वि।सं। २०७७ सालमा पहिलो संस्करण सञ्चालन गरेको थियो । पहिलो संस्करणको प्रतियोगिताको उपाधि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाले उचालेको थियो ।

    sa.jpg

    प्रकाशित मिति :पौष २८, २०८० शनिवार - २०:५५:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको