बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

रोदिक खबर

२९, भाद्र २०७७
  • 4.8K
    SHARES
  • पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यसअघि पनि साेही ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएको थियाे ।

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १६:२२:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको