शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

भाषण गरेर मात्र हाम्रो मुलुक विकास र समृद्धिको दिशामा अग्रसर हुन सक्दैन : कार्की

भाषण गरेर मात्र हाम्रो मुलुक विकास र समृद्धिको दिशामा अग्रसर हुन सक्दैन : कार्की

रोदिक खबर

१, माघ २०८०
  • 7.6K
    SHARES
  • भाषण गरेर मात्र हाम्रो मुलुक विकास र समृद्धिको दिशामा अग्रसर हुन सक्दैन : कार्की

    खोटाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भाषण गरेर मात्र हाम्रो मुलुक विकास र समृद्धिको दिशामा अग्रसर हुन नसक्ने बताएका छन् ।

    नेपाली कांग्रेस खोटाङले दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले अवको ध्यान विकास र समृद्धितर्फ अगाडि बढाउन सकिएन भने हामीले जतिसुकै भाषण गरेपनि जनताको विश्वास नहुने बताए । उनले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    विकास विनाको राजनीति खोक्रो राजनीति मात्र हो, त्यो खोक्रो नारा मात्र हो, विकास भनेको जनताले अनुभूत गर्ने विकास हुनु प¥यो पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले भने हिजो खाली खुट्टा हिड्दाँखेरि यहाँको जनसंख्या घटेको थिएन्, हिजोकोभन्दा आज धेरै परिवर्तन भएको छ, गाउँगाउँमा गाडी पुगेको छ, टोलटोल र घरघरमा खानेपानी छ, गाउँगाउँमा फोन र इन्टरनेटको सुविधा छ, विजुली छ तर पनि यति सुन्दर गाउँमा हामी किन बसी रहेका छैनौं यस प्रश्नको जवाफ खोज्न जरुरी छ ।

    देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ तर  देशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन सहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउनुपर्नेमा उनले  जोड दिए ।

    प्रकाशित मिति :माघ १, २०८० सोमवार - २२:०४:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको