बिहिवार, कार्तिक १३ गते २०८३

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार स्थानीय तह छनोट (सूचीसहित)

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार स्थानीय तह छनोट (सूचीसहित)

रोदिक खबर

५, माघ २०८०
  • 4.0K
    SHARES
  • स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार स्थानीय तह छनोट (सूचीसहित)

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार वटा स्थानीय तह छनोट गरेको छ ।

    नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

    जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएका छन् ।

    २४२ वटा स्थानीय तहले निवेदन दिएकोमा कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएका हुन् ।

    Screenshot_20240119-150018_CamScanner.jpgमन्त्री अनिता देवी आफैँले छनोट गरेका स्थानीय तहहरूमा एकमुष्ट रूपमा साढे ८८ करोड रुपैयाँ पठाइएको जनाइएको छ ।

    प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - १५:०७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको