बिहिवार, कार्तिक १३ गते २०८३

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा स्थानीय तह छनोट

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा स्थानीय तह छनोट

रोदिक खबर

६, माघ २०८०
  • 8.4K
    SHARES
  • स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा स्थानीय तह छनोट

    खोटाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा वटा स्थानीय तह छनोट गरेको छ ।

    नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरू मध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

    जसमा खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिका छनोट भएका छन् ।

    सात प्रदेशका २४२ वटा स्थानीय तहले निवेदन दिएकोमा कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटा छनौटमा पर्दा खोटाङका तीन वटा पालिका छानिएका हुन् ।  छनौटमा परेका   १०४ वटा स्थानीय तहहरूमा एकमुष्ट रूपमा साढे ८८ करोड रुपैयाँ पठाइएको मन्त्रालयले जनाएको छ ।

    kk.jpg

    प्रकाशित मिति :माघ ६, २०८० शनिवार - ०७:२१:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको