गीतकार दिलीप योञ्जनको 'सोनाम लोछार' गीत सार्वजनिक

गीतकार दिलीप योञ्जनको 'सोनाम लोछार' गीत सार्वजनिक

रोदिक खबर

६, माघ २०८०
  • 6.6K
    SHARES
  • गीतकार दिलीप योञ्जनको 'सोनाम लोछार' गीत सार्वजनिक

    काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ ।

    आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो ।

    सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो ।

    तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।

    उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ ।

    'डम्फु र टुङ्गना बजाउँदै' सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ । 'सोनाम लोछार'गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रकाशित मिति :माघ ६, २०८० शनिवार - १०:३५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको