शुक्रवार, भाद्र २६ गते २०८३

राष्ट्रिय वाणिज्य बैंक दिक्तेलका सहायक प्रवन्धक सैँजु उत्कृष्ट कर्मचारी घोषित

राष्ट्रिय वाणिज्य बैंक दिक्तेलका सहायक प्रवन्धक सैँजु उत्कृष्ट कर्मचारी घोषित

रोदिक खबर

१०, माघ २०८०
  • 14.1K
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंक दिक्तेलका सहायक प्रवन्धक सैँजु उत्कृष्ट कर्मचारी घोषित

    राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय  दिक्तेलका सहायक प्रवन्धक अमृतकुमार सैँजु उत्कृष्ट कर्मचारी घोषित भएका छन् ।

    बाणिज्य बैंकको शाखा कार्यालयमा सहायक प्रवन्धकका रुपमा कार्यरत सैँजुलाई राष्ट्रिय वाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा उत्कृष्ट बैंक सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

    कोसी प्रदेशभित्रका ५९ शाखामा कार्यरत पाँच उत्कृष्ट कर्मचारीमध्येमा  दिक्तेलबाट सहायक प्रवन्धक सैँजु पर्न सफल भएको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय  दिक्तेलका प्रवन्ध रामकुमार आचार्यले  बताए । उत्कृष्ट बैंक सेवा पुरस्कार वापत सैँजुले नगद २० हजारका साथमा प्रमाण–पत्र पाउने बाणिज्य बैंकले जनाएको छ ।

    कर्मचारी नम्बर १०७४५ भएका सहायक प्रवन्धक सैँजु २०४७ सालमा बाणिज्य बैंकको सेवामा प्रवेश गरेका थिए । उत्कृष्ट कर्मचारीलाई राष्ट्रिय बाणिज्य बैंकले केही समयपछि औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गर्नेछ । राष्ट्रिय बाणिज्य बैंकले बुधबार मुलुकभर विभिन्न कार्यक्रम गर्दै ५९ औं बार्षिकोत्सव मनाएको छ ।

    प्रकाशित मिति :माघ १०, २०८० बुधवार - १८:३८:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको