शुक्रवार, भाद्र २६ गते २०८३

राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

रोदिक खबर

११, माघ २०८०
  • 6.7K
    SHARES
  • राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चार  उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी) बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

    पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका थिए ।

    महिलातर्फ एमालेकी रोचकुमारी चौलागाईंले दुईहजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज बिकले तीनहजार ५२ , अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मत, अन्यतर्फ विवेक देवकोटाले दुई हजार ३५९मतभार प्राप्त गरे ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १८:१४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको