शुक्रवार, भाद्र २६ गते २०८३

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

रोदिक खबर

१५, माघ २०८०
  • 12.7K
    SHARES
  • वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

     खोटाङ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन खोटाङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आइतवार वैदेशिक रोजगारमा हुने ठगी न्युनिकरणमा प्रहरी भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि प्रहरीसँग अन्तरक्रिया कार्यक्रम गरिएको सामी परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए ।

    खोटाङमा सामी परियोजनाले सञ्चालन गरिरहेका गतिविधि र त्यसबाट आएको सकारात्मक परिणाम, वैदेशिक रोजगारको क्रममा देखिएका समस्या, प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका,  वैदेशिक रोजगारको अहिलेको चुनौती र कानूनी जटिलताका साथै वैदेशिक रोजगारमा हुने गरेको ठगी, आप्रवासी स्रोत केन्द्रले गर्ने काम, मनोविमर्श सेवा तथा वित्तिय साक्षरता कक्षाको विषमया कार्यक्रम संयोजक राईले जानकारी गराएका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले वैदेशिक रोजगार सम्बन्धि ठगी कसुर गर्नेलाई कानुनी दायरामा ल्याउने विषय प्रहरीको प्राथमिकतामा रहेकोले नागरिकलाई शान्ति सुरक्षा प्रत्याभुत गराउनु प्रहरीको पहिलो दायत्वि भएकाले आफ्नो अधिकार क्षेत्रभित्र रही वैदेशिक रोजगारमा भएका ठगीमा पिडकहरुलाई न्याय महसुस हुने गरि सेवाप्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    पछिल्लो समय वैदेशिक रोजगारका नयाँ–नयाँ तरिका र प्रक्रियाबाट ठगीका घटनाहरु बढ्दै गएकोले प्रहरीमा सम्पर्क गर्न आग्रह गर्दै प्रनाउ खड्काले भने “ठगीका घटना प्रहरीसम्म ल्याइदिनुस्, आफ्नो अधिकार क्षेत्रभित्र रही पीडकलाइ कानूनी दायरामा ल्याउन कुनै कसुर बाँकी राख्दैनौ ।”

    हेल्भेटास/सामीका कार्यक्रम अधिकृत उमा पौडेलले बैदेशिक रोजगारमा जानेहरुको संख्या बढेसंगै वैदेशिक रोजगारका समस्याहरु बढ्दै गएकाले स्थानीय सरकार तथा सरोकारवालाहरुले आप्रवासनलाई सुरक्षित बनाउने विषय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

    वैदेशिक रोजगारको विषय हरेक क्षेत्रसंग अन्तर सम्बन्धित विषय भएको भन्दै यसलाई सुरक्षित बनाउन सवैको महत्वपूर्ण भूमिका हुने पौडेलको भनाइ थियो । कोशी प्रदेशको पहाडी जिल्लाहरुमध्ये खोटाङ सवैभन्दा बढी वैदेशिक रोजगारमा व्यक्तिहरु जाने जिल्ला भएकाले यस जिल्लासंग सुरक्षित आप्रवासनका सम्बन्धमा विशेष योजना तथा प्रभावकारी कार्यान्वयन हुनुपर्ने अधिकृत पौडलको भनाइ रहेको थियो ।

     जिल्लाका ८ वटा स्थानीय तहहरुमा रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी अधिकृत, सहायक अधिकृत तथा इन्चार्जहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, नगरपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण खवास लगायतको उपस्थिति रहेको सामीले जनाएको छ ।

    खोटाङ जिल्लामा २०७७ साल यता वैदेशिक रोजगार सम्बन्धि ठगि भएको भन्दै ४६ जनाले उजुरी दिएका छन् । ४६ जनाले गरेको उजुरीमा १ करोड ५ लाख १३ हजार माग दावी पिडकहरुको रहेको आप्रवासी श्रोत केन्द्रले जनाएको छ ।

    उक्त रकममध्ये सामी कार्यक्रमको सहजिकरणमा जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागमार्फत १० लाख ६८ हजार फिर्ता भएको छ । चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगार ठगीमा परेको भन्दै १५ जनाले दिएको निवेदनमा २३ लाख ४० हजार ५ सय रुपैया ठगी भएको छ ।

    sami1.jpg

    प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १०:१७:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको