खोटाङ । वाइसीएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटीले २९औँ जनयुद्ध दिवसका अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेर मंगलवार वाइसीएलले जनयुद्ध दिवस मनाएको हो ।
अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, अंगुर, सुन्तला लगायतका फलफूल वितरण गरेर जनयुद्ध दिवस मनाइएको वाइसीएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटीका अध्यक्ष भुपेन्द्र राईले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खगेन्द्र राई, जिल्ला अस्पताल दिक्तेलका डाक्टर रुपेश संग्राैला, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य राम हिङमाङ लगायतले बिरामीलाई फलफूल दिएर बिरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।