शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा नेपाल आर्ट काउन्सिलमा प्रर्दशनीका लागि राखिएका चित्रहरु (फोटो फिचर)

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा नेपाल आर्ट काउन्सिलमा प्रर्दशनीका लागि राखिएका चित्रहरु (फोटो फिचर)

रोदिक खबर

५, फाल्गुण २०८०
  • 13.4K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा नेपाल आर्ट काउन्सिलमा प्रर्दशनीका लागि राखिएका चित्रहरु  (फोटो फिचर)

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको छ । स्वदेसी तथा विदेसी चित्रकारलाई सहभागी गराएर असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको नगरपालिकाले शनिबारदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको हो ।

    2.jpgकला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा आयोजना गरिएको चित्रकला प्रदर्शनी राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो  । दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ४३ चित्रकारले कोरेका चित्रहरु राखेर प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

    14.jpgअन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ । संसारभरि छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आयोजना गरेको हो ।

    3.jpg1.jpg5.jpg8.jpg9.jpg15.jpg12.jpg11.jpg4.jpg6.jpg7.jpg10.jpg

     

    प्रकाशित मिति :फाल्गुण ५, २०८० शनिवार - १७:०५:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको