शुक्रवार, भाद्र २६ गते २०८३

प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य सम्मानित

प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य सम्मानित

रोदिक खबर

८, फाल्गुण २०८०
  • 8.8K
    SHARES
  • प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य सम्मानित

    खोटाङका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य सम्मानित भएका छन् । नयन एड्भरटाइजिङ मिडिया प्रालि, इटहरीद्वारा सञ्चालित प्रदेश खबर डटकमले सोमबार आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर वरिष्ठ पत्रकार आचार्यलाई सम्मान गरेको हो ।

    पत्रकारितामार्फत नेपाली समाजको रुपान्तरणमा पुर्याएको योगदान तथा नेपाली पत्रकारितामा पाँच दशक लामो निरन्तरताको मूल्यांकन गर्दै प्रदेश खबरले प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई सम्मान गरेको हो । वरिष्ठ पत्रकार आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा क्रियासिल छन् ।

    प्रदेश खबरले सोमबार कोशी प्रदेशमा रहेका आचार्य सहित आठ प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गरेको छ । प्रेस स्वतन्त्रता सेनानी आचार्य, हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा) लाई सम्मान गरेको हो ।

    आठै जना प्रेस स्वतन्त्रता सेनानीलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी थिईन् ।

    यस्तै, प्रदेश खबरले उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मीलाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही नगद ११ हजार १५१ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले बताए ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - ०७:४१:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको