शुक्रवार, भाद्र २६ गते २०८३

सालपा विकास बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न

सालपा विकास बैंकले ३ करोड ७४ लाख ६३ हजार बढि निक्षेप संकलन, चुक्ता पुँजी ३५ करोड

सालपा विकास बैंकले ३ करोड ७४ लाख ६३ हजार बढि निक्षेप संकलन, चुक्ता पुँजी ३५ करोड

रोदिक खबर

१९, फाल्गुण २०८०
  • 6.6K
    SHARES
  • सालपा विकास बैंकले ३ करोड ७४ लाख ६३ हजार बढि निक्षेप संकलन,  चुक्ता पुँजी ३५ करोड

    खोटाङ । सालपा विकास बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउन्डेसनको सभा हलमा शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेको साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी   विभिन्न प्रस्तावहरु पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

    ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारासहित खोटाङबासीको सहकार्यमा २०६९ साल साउन ३ गतेदेखि दिक्तेलबाट बैंकिङ कारोबार शुरु गरेको बैंकले ३५ करोड चुक्ता पुँजी पु¥याउन सफल भएको बैंक सञ्चालक समितिका अध्यक्ष टंक राईले साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

    साधारण सभाले प्रदेशस्तरको बैकमा स्तरोन्नति हुनको लागि न्युनतम जारी पूँजी १ अर्व २० करोड पु¥याउने नीति पारित गरको छ । जसमा संस्थापकहरुको तर्फबाट ८४ करोड पु¥याएपछि आइपियो मार्फत ३६ करोड जुटाउने नीति पारित गरको हो ।

    बैंकको इजाजत प्राप्त कार्यक्षेत्र खोटाङ मात्र भएकाले जिल्लामा ६ वटा शाखाहरु विस्तार गरी सेवा प्रवाह गर्दै आएको बैंकले ३ करोड ७४ लाख ६३ हजार ६५१ निक्षेप संकलन र १३ करोड ८१ लाख ९७ हजार ९८९ रुपैया कर्जा लगानी गरेको जनाएको छ । उक्त कर्जाको रकम कुल कर्जाको १७.८७ प्रतिशत पुगेको हो ।

    नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजतपत्र प्राप्त बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषण लगायत आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

    यस बैंकले स्थानीय सरकारबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता वितरणमा जिल्लाका १० पालिकामध्ये ५ वटा पालिका र २८ वटा वडाहरुमा सामाजिक सुरक्षा भक्ता वितरण गर्दै आएको जनाएको छ । सालपा विकास बैंकमा पछिल्लो समय लगानीकर्ता बढन थालेका छन् । पछिल्लो समय ३ हजार ४ सय ९० जना नयाँ लगानीकर्ता आवद्ध भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - १७:०१:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको