नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिरामीलाई फलफूल वितरण

नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिरामीलाई फलफूल वितरण

रोदिक खबर

२१, फाल्गुण २०८०
  • 8.5K
    SHARES
  • नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिरामीलाई फलफूल वितरण

    खोटाङ । जिल्ला अस्पताल खोटाङमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस खोटाङले आफ्नो ७८ औं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचार गराइरहेका १५ जना बिरामीलाई सोमवार बिहान फलफूल बिरामीलाई फलफूल वितरण गरिएको नेपाल ट्रेड युनियन कांग्रेस खोटाङका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

    gya.jpg

    अध्यक्ष आचार्यका अनुसार स्थापना दिवसका अवसरमा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर लगायतका फलफूल वितरण गरिएको हो ।

    di.jpgनेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, एमाले खोटाङका सचिव कुमार आचार्य, महाधिवेशन प्रतिनिधिद्वय सुमनबाबु आचार्य, डिल्लीकुमारी आचार्य, जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रुपेश संग्रौला, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाल निजामति कर्मचारी संघका केन्द्रीय सदस्य अनिल आचार्य, नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर अध्यक्ष गोपालचन्द्र आचार्य, जिल्ला अस्पताल दिक्तेलका डा.पुष्कल राई लगायतले बिरामीलाई फलफूल वितरण गरिएको जनाइएको छ ।

    r.jpgp.jpgsa.jpgsa1.jpg

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १३:१०:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको