आज महाशिवरात्रि पर्व, त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि पर्व, त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो

रोदिक खबर

२५, फाल्गुण २०८०
  • 9.1K
    SHARES
  • आज महाशिवरात्रि पर्व, त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो

    खोटाङ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । 

    भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

     

    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - १२:१९:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको