विभिन्न कार्यक्रम गर्दै माउण्ट एभरेष्ट बोडिङ स्कुलले मनायो ३४ औं वार्षिकोत्सव

विभिन्न कार्यक्रम गर्दै माउण्ट एभरेष्ट बोडिङ स्कुलले मनायो ३४ औं वार्षिकोत्सव

रोदिक खबर

२५, फाल्गुण २०८०
  • 12.1K
    SHARES
  • विभिन्न कार्यक्रम गर्दै माउण्ट एभरेष्ट बोडिङ स्कुलले मनायो ३४ औं वार्षिकोत्सव

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित माउण्ट एभरेष्ट बोडिङ स्कुलले विभिन्न कार्यक्रम गर्दै ३४ औं वार्षिकोत्सव मनाएको छ । २०४६ सालमा स्थापना गरिएको विद्यालयले मंगलबारदखि बुधवारसम्म धुमधामका साथ हाजिरीजवाफ, कविता, निवन्ध तथा नृत्य प्रतियोगिता, अभिभावक तथा पूर्व विद्यार्थीलाई सम्मान, उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान, सांगीतिक लगायतका कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो ।

    M1.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भटट्राईको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समापन कार्यक्रममा पूर्व अभिभावकतर्पm सर्वोत्कृष्ट अभिभावकको रुपमा पेशल कुमार श्रेष्ठ, उत्कृष्ट अभिभावक गोविन्द कटुवाल र सम्पूर्ण राईलाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालय सञ्चालन समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । 

    m.jpg

    यस्तै, अभिभावकहरुतर्फ युधिर शाक्य, शर्मिला राई, पृथ्वीनारायण आचार्य, खड्ग ढुङ्गाना, सुशिला राई, मिन बस्नेत र दिवश कुमारी आचार्यलाई सम्मान गरिएको हो ।

    m2.jpg

    यस्तै, यस विद्यालयमा अध्ययन गरी नेपालको उच्च गुणस्तरीय जनशक्तिको रुपमा स्थापित हुन सफल पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने पूर्व विद्यार्थीहरुमा डा. प्रकाशकुमार श्रेष्ठ, डा. अमिता, राई, पियस्पी चाम्लिङ, डा.मनिष आचार्य, रोसन राई (पालुवास्टार), सर्जु श्रेष्ठ, प्रतिक कार्की, रुपेश खत्री, तेज राई र राजु आचार्य रहेका छन् । उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्रिन्सिपल झमरलाल चौधरीले जानकारी दिए । 

    m3.jpg
    यस्तै, विद्यालयले दुई जना उत्कृष्ट शिक्षक÷शिक्षिकालाईपनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा शिक्षक सागर जोशी र शिक्षिका अन्जु कट्वाल रहेका छन् ।

    m5.jpg

    शिक्षक तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी,  लगायतको उपस्थिति रहेको थियो । 

    m7.jpgm6.jpg

    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - १३:४४:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको