जिल्ला अस्पताल खोटाङलाई न्यानो कपडा प्रदान

जिल्ला अस्पताल खोटाङलाई न्यानो कपडा प्रदान

रोदिक खबर

२७, फाल्गुण २०८०
  • 9.1K
    SHARES
  • जिल्ला अस्पताल खोटाङलाई न्यानो कपडा प्रदान

    खोटाङ । खोटाङका १४ युवाले जिल्ला अस्पताल दिक्तेललाई ७० हजारको फाइवर सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरेका छन्। जनही ५ हजारका दरले रकम संकलन गरेर युवाले जिल्ला अस्पताललाई २० थान फाइवरको सिरक, २० थान सिरकको खोल, २० थान बेड कभर र २० थान सिरानी प्रदान गरेका हुन् ।

    युवाले जुटाएको सिरक, सिरकको खोल, बेड कभर र सिरानी आइतबार प्रदेश सांसद भूपेन्द्र राई, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका वडाध्यक्ष नवराज राईले जिल्ला अस्पतालका डा. रुपेश संग्रौलालाई हस्तान्तरण गरेका छन् ।

    जिल्ला अस्पतालमा भर्ना भएका बिरामीले ओढ्ने ओछ्याउने गरी सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरिएको सहयोगी गोपालचन्द्र आचार्यले बताए ।

    उपचारका क्रममा अस्पताल भर्ना भएकोबेला कतिपय बिरामीले न्यानो कपडा अभावमा चिसोमा रात काट्न बस्न वाध्य भएको देखेपछि युवाले सहयोग संकलन गरेर अस्पताललाई सरक, बेड कभर र सिरानी प्रदान गरेका हुन् ।

    आचार्य, दिलीप खत्री, दिनेश कठायत, सम्भु घिमिरे, नारायण राई, अनिल आचार्य, सुनिल राई, ढुण्डीराज पाण्डे, यादव धमला, एलिस दंगाल, दिनेश आचार्य, जोसेफ रिजाल, अर्जुन चौंलागाई र उत्तम आचार्यले अस्पताललाई न्यानो कपडा खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

    h2.jpeg

    प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - २०:१३:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको